२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

मौसम विज्ञान विभाग र इप्पानबीच समझदारी पत्रमा हस्ताक्षर

बुधवार , जेठ ८, २०८२

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

विभागले बुधबार काठमाडौंमा आयोजना गरेको “राष्ट्रिय मनसुन फोरम–२०८२” का अवसरमा विभाग र इप्पानबीच जलविद्युत आयोजनामा पूर्वसूचना प्रणाली विकास गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारी पत्रमा विभागका तर्फबाट महानिर्देशक कमलराम जोशी र इप्पानका तर्फबाट अध्यक्ष गणेश कार्कीले हस्ताक्षर गरे । विभागका महानिर्देशक कमलराम जोशीले इप्पान र विभागबीच तथ्याङ्क, पूर्वसूचना तथा सूचना आदानप्रदान गर्न समझदारी भएको बताए । उनले उक्त समझदारीले जलविद्युतका भौतिक पूर्वाधार तथा जनधनको क्षति न्युनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘आज इप्पान र जल तथा मौसम विज्ञान विभागबीच तथ्याङ्क, पूर्वसूचना, तथा सूचना आदान प्रदान गर्न समझदारी भएको छ । जसले जलविद्युतका भौतिक पूर्वाधार तथा जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिएको छु ।’

इप्पानका अध्यक्ष कार्कीले उक्त सम्झौताले बाढी पहिरोका कारण जलविद्युत आयोजनामा हुने भौतिक तथा मानवीय क्षतिलाई कम गर्न सकिने विश्वास लिए । उनले प्रत्येक कोरिडोरका प्रोजेक्टहरूले कम्तीमा एक हप्ता अगाडी नै सूचना प्राप्त गर्ने बताए । साथै, उनले प्रत्येक कोरिडोरका प्रत्येक प्रोजेक्टहरूलाई यसमा सहकार्य गरेर जानकारी दिने प्रणालीको विश्वास गर्नु मुख्य उद्देश्य रहेको बताए ।

उनले भने, ‘प्रत्येक कोरिडोरका प्रोजेक्टहरूले कम्तीमा एक हप्ता अगाडी, अहिले त एक दिन अघिको सूचनाले त धेरै क्षति कम गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ । प्रत्येक कोरिडोरका प्रत्येक प्रोजेक्टहरूलाई यसमा कोर्डिनेट गरेर हामीले उनीहरूलाई जानकारी दिने एउटा सिस्टमलाई डेभलप गर्न सकिन्छ कि भन्ने उद्देश्य हो ।’

५ वर्षका लागि गरिएको उक्त समझदारी पत्रमा विभागले बाढी आउने सम्भावित समय जेठ १५ देखि असोज १५ गतेसम्म नदी बेसिनका आधारमा वर्षा र जल सतह सम्बन्धी रियल टायम तथ्याङ्क एप्लिकेशन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत इप्पान तथा यसका सदस्य आयोजनालाई उपलब्ध गराउने उल्लेख गरिएको छ ।

यस्तै, नदी बेसिन अनुसार वर्गीकरण गरिएको डाटा र सम्बन्धित ठाउँको ३ दिन वा उपलब्ध भए सम्मको मौसम पूर्वानुमानको तथ्याङ्क फाइल ट्रान्सफर प्रोटोकल (एफटीएफ) लिङ्कमार्फत विभागले इप्पानलाई उपलब्ध गराउने लगायतका विषय उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट