काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शवदाह गृह निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणधीन शवदाह गृह लागि आवश्यक सहयोग गरेको हो ।
शवदाह गृहले स्थानीयलाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य राखिएको बैंकले जनाएको छ।
संस्थामा आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग हस्तान्तरण गरेका छन्। समारोहलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले सामाजिक कार्यका लागि सहयोग गर्न पाउँदा आफूहरूलाई धेरै खुशी महसुस भएको बताए।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक लगायत क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको बताएको छ।
प्रतिक्रिया दिनुहोस