२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आयुर्वेद चिकित्सा पद्धतिप्रति जनतामा विस्वास बढ्दै

आइतवार , जेठ १२, २०८२

उषा काफ्ले / काठमाडौं । पछिल्लो समय आयुर्वेद चिकित्साप्रति जनतामा झुकाव बढ्दै गएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले आयोजना गरेको कार्यक्रममा जनतामा बढ्दो झुकाव देखिएको बुझिएको छ । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने मूल नाराका साथ ललितपुरको ताछिखेलस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले आज पत्रकारहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । वैकल्पिक चिकित्सा प्रणालीको प्रभावकारिता र सेवाको पहुँचलाई व्यापक बनाउने उद्देश्यले गरिएको उक्त कार्यक्रममा चिकित्सालयका गतिविधि, सेवा विस्तार र भविष्यको योजनाबारे जानकारी गराइएको थियो ।

तर हामी सबैलाई थाहा भएकै कुरा हो, अझ भन्नुपर्दा हाम्रो घरको वरीपरी सुनिएको कुरा हो, जिउ, शरीर, हातखुट्टाका जोर्नी, पेट दुखेको छ ? आउनुहोस् छिट्टै निको पार्ने औषधि हामीसँग छ, भन्दै उपत्यकाका फुटपाथदेखि गाउँगाउँमा माइक लगाउँदै आयुर्वेद औषधिको प्रचारप्रसार गरेको नसुन्ने सायद कमै होलान् । यस्तै आयुर्वेदिक औषधिद्वारा क्यान्सर, एड्स, अपाङ्ग भएकाहरुलाई सपाङ्ग बनाउन सकिन्छ भन्दै ठाउँठाउँ होडिङ र्वोड झुण्डाएर प्रचार गर्नेहरुको कमी पनि छैन ।

विभिन्न सञ्चारमाध्यममार्फत आयुर्वेद औषधि सेवन गरेर ग्यास्ट्रिक, वाथ तथा जोर्नी दुख्नेलगायतका दीर्घरोग समेतको उपचार गराएर निको भयो भन्दै बिरामीलाई प्रसारप्रचार गर्न समेत लगाएको पाइन्छ । ‘कुनै पनि औषधि विज्ञानले यो–यो रोगलाई यो–यो खालको औषधि सेवन गरेमा निको हुन्छ भनेर ग्यारेन्टी लिन नसक्ने’ डाक्टरहरुले बताउने गरेका छन् । तर हामी आफैले बुझ्नुपर्ने कुरा सरकारबाट मान्यता प्राप्त होकि हैन भन्ने कुरालाई बुझ्नुपर्ने देखिन्छ कुन प्रचार सहि हो कुन गलत हो भन्ने ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले आयोजना गरेको एक कार्यक्रममा औषधि उपचार आयुर्वेद पद्धितीमा कुनै पनि असर नहुने र नतिजा राम्रो आउने भएकाले आयुर्वेद चिकित्साप्रति पछिल्लो समय सेवा लिनेको संख्या बढ्दो रहेको बुझिएको छ ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई खासै ध्यान दिएको पाइँदैन । नेपालको ७५ वटा जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छन् तर ती संस्थाहरु स्थानीय जनताको पहुँचमा भने छैनन् । तिनलाई वैज्ञानिकीकरण गर्ने तथा व्यवस्थित रुपमा सञ्चालन गरेर आम जनतालाई प्रभावकारी उपचार प्रदान गर्नेतर्फ सरकारले खासै ध्यान दिएको पाइँदैन । त्यसबाहेक प्रभावकारी रुपमा प्रचारप्रसार नहुँदा धेरै मानिसलाई आयुर्वेद स्वास्थ्य केन्द्रमा कुनकुन रोगको औषधि पाइन्छन् भन्ने कुरा समेत थाहा हुँदैन ।

पछिलो समय प्रदेश स्वास्थ्य मत्रालय , मत्रालय निर्देशनालय र आपूर्ती केन्द्रले औषधी बितरण गर्ने गरेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुरकी कार्यलय प्रमुख सृजना खनाल मरासिनीले बताएकी छन् ।

डाक्टरले रुघा लागको व्यक्तिलाई औषधि सेवन गर्न दिएपनि त्यस औषधिले पूर्ण रुपमा निको नै पार्छ भनेर ग्यारेन्टी लिन सक्दैन । तातो पानी पिउनुस्, वाफ लिनुस् लगायत कार्य गर्नका लागि अनुरोध समेत गर्ने गरेका छन् ।

अर्को यो कुरा पनि सत्य हो, कुनै समय थियो पुर्विय रुपमा आयुर्वेद चिकित्सा (जरीबुटी) बाट उत्पादित औषधि उपचारले रोग निको हुने गर्दथ्यो । आयुर्वेदबाटै वैद्यहरुले उपचार गरेको पाईन्थ्यो । आयुर्वेद तथा जरीबुटीजन्य औषधि राम्रो भएकाले यसलाई सरकारले ध्यान दिनु पर्ने सुझाबहरु आउने गरेका छन् ।

आयुर्वेदिक चिकित्सा पद्धति जहिले पनि आधुनिक ऐलोपेथिक चिकित्सापद्धतिको सेप लागेर ओझेलमा पर्दै आइरहेको छ । अब आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई वैकल्पिकमा राख्न नहुने आवाज सुनिन थालेको छ ।

यसैगरी विभिन्न रोगहरुको उपचारको सेवा प्रदान गरेको पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुका चिकित्सक प्रेरक रेग्मीले जानकारी दिए ।

आधुनिक औषधीहरु जस्तै अध्ययन र अनुसन्धान गरेर प्रमाणिकताको आधारमा मात्रै परम्परागत आयुर्वेदिक औषधि सेवन गर्नुपर्छ भन्ने धारणाको विकास वर्तमान समयमा भएको छ । आयुर्वेदको सुन्दरता भनेको स्वस्थ जीवनशैली भएकाले आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई विकास एवं स्तरोन्नितकरण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने समेत देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट