२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

क्लासिक टेकले सार्वजनिक गर्यो 'इन्टरप्राइज प्रो' इन्टरनेट स्पीड

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले व्यापार व्यवसायलाई मध्यनजर गर्दै हजार एमबीपिएस अर्थात् वान जिबिपीएसको 'इन्टरप्राइज प्रो' इन्टरनेट स्पीड सार्वजनिक गरेको छ ।

यसमा पब्लिक आइपी एड्रेस, एल टू सपोर्ट र वाईफाई सिक्स राउटर निःशुल्क उपलब्ध छ। विशेष गरी धेरै प्रयोगकर्ता भएको व्यवसायिक क्षेत्र होस्टेल, स्कूल, हस्पिटल, आईटी कम्पनी, कन्सल्टेन्सी, होटललगायतलाई मध्यनजर गर्दै यो प्याकेज सञ्चालन गरिएको हो।

साना इन्टरनेट स्पीडले धेरै प्रयोगकर्ता इन्टरनेटमा जोडिँदा स्पीड कम हुने र भीडभाड हुने स्थानमा धेरै प्रयोगकर्तालाई सपोर्ट गर्न सक्ने इन्टरनेट स्पीडको माग अनुसार सो प्याकेज सार्वजनिक गरिएको हो ।

उक्त प्याकेजको मूल्य पनि एकदमै कम रहेको र अहिले अफर पनि सञ्चालन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मासिक रु ७ हजार २९९ बाट प्याकेज लिन सकिन्छ ।

यति मात्र नभई कम्पनीले ५ सय एमबिपीएसको इन्टरप्राइज प्रो पनि सार्वजनिक गरेको छ । यो सेवा काठमाडौं लगायत देशको प्रमुख सहरहरुमा सुरु भइसकेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट