२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

सहमतिमा आएनन् विपक्षी, प्रतिनिधिसभा बैठक भोलिसम्मलाई स्थगित

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।

संसद् सचिवालयले सूचना टाँसेर भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयसँग जोडेर आएका विषयलाई लिएर प्रमुख प्रतिपक्षीलगायत दलहरूले आज गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेका थिए । त्यसपछि संसद् खुलाउने विषयमा दलहरूबीच प्रयास भएपनि सहमति हुन नसकेको हो ।

सभामुख देवराज घिमिरेको पहलमा सत्तारुढ र प्रतिपक्षी दलहरूबीच सहमति कायम गरी संसद्को अवरोध खुलाउने प्रयास सार्थक हुन नसकेकाे हाे ।

बैठकमा सभामुख, उपसभामुख तथा नेता, प्रमुख सचेतक र मुख्य सेचतक सहभागी थिए। बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठकमा विपक्षीको अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएकामा पुनः सूचना टाँस गरी दिउँसो २ बजेर ३० मिनेटका लागि समय निर्धारण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट