२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

आज २०८२ साल जेठ १४ गते बुधबारको राशिफल

बुधवार , जेठ १५, २०८२

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। साझेदारीमा गरेको व्यापारबाट फाइदा हुनेछ। विपक्षी कडा रुपमा प्रस्तुत हुँदा तपाईं शान्त बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

वृष : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। आफन्तको सहयोग मिल्नेछ। फलामको व्यापारमा फाइदा हुनेछ।

मिथुन : सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। नयाँ लुगा लगाउने अवसर मिल्नेछ। परिवारको साथले मन शान्त बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : व्यापारमा नाफा हुनेछ। लगानी गर्न हिम्मत गर्नुपर्नेछ। आज बनाएको योजना दीर्घकालीन बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

सिंह : भाग्यको स्थानमा चन्द्रमा पुगेका छन्। हरेक क्षेत्रमा सोचेको काम बन्नेछ। अढैया शनिदेवका कारणले बोली र व्यवहारमा एकरुपता देखाउनुपर्नेछ। दाम्पत्य जीवनमा संकट आइपर्ने जोखिम छ। शिक्षामा प्रगति हुनेछ।

कन्या : शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। विपक्षी साथीको साथमा तपाईंको काम बन्नेछ। धार्मिक व्यक्तिसँग सहकार्य गरेर अगाडि बढ्नुपर्नेछ। पे्रम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : तपाईंको श्रम लुटेर रमाउने साथीसँग सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। विपक्षी साथीको साथ मिल्नेछ। घरबाट भन्दा परबाट तपाईंको प्रशंसा हुनेछ।

वृश्चिक : सोचेको काम बन्ने दिन छ। परोपकारमा हात अगाडि बढाउनु उचित हुनेछ। शिक्षामा गरेको अध्ययनले सार्थकता पाउने छ। धार्मिक विषयमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

धनु : रोगमुक्त हुने दिन छ। साथी र सहकर्मीबाट असहयोग हुनेछ। आज यात्रा नगर्नु उचित हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : शिक्षाको लगानीबाट फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। विपक्षी साथीसँग कुरा गर्दा सचेत बन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्नेछ। साथीसँग सहकार्य गरेर काम गर्नुपर्ने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु फाइदा हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

मीन : दिन सामान्य छ। टाउको दुख्ने जोखिम छ। आज आफन्तसँग नम्र भएर बोल्नु उचित हुनेछ। बौद्धिक क्षेत्रका साथीले अपमान गरेको महसुस हुनेछ। परिवारको सल्लाहमा मात्र अगाडि बढ्नु उचित हुनेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट