२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रभुले थप्यो एयरवस एच १२५ हेलिकोप्टर

बुधवार , जेठ १५, २०८२

काठमाडौं । प्रभु हेलि लिमिटेडले फ्रान्सको विश्व बिख्यात बायुयान निर्माता कम्पनी एयरवसद्वारा निर्मित नयाँ हेलिकोप्टर थपेको छ । नेपालको हेलिकोप्टर सेवा क्षेत्रमा अग्रणी र विश्वासिलो सेवा प्रदायकको रूपमा स्थापित प्रभु हेलि लिमिटेडले कल साइन -एन‑एएनटी रहेको एयरवसको एच १२५ हेलिकोप्टर थपेको हो।

एयरवसको एच १२५ हेलिकोप्टरले दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दो र प्रभावकारी सेवा पुर्याउन उत्कृष्ट भएकाले सो हेलिकप्टर खरिद गरिएको प्रभु हेलि लिमिटेडका अध्यक्ष सुभाष अमात्यले जानकारी दिए ।

अत्याधुनिक प्रविधि जडित यो एच १२५(एएस ३५० वि ३ई) हेलिकप्टरमा ५ यात्रु सिट क्षमता रहेको छ। एयरवस एच १२५ हेलिकोप्टर हाइ अल्टिच्युडमा उत्कृष्ट प्रदर्शन क्षमताका कारण विश्वभर अत्यन्तै बहुउपयोगी र सुरक्षित हेलिकप्टरको रूपमा परिचित छ।

कम्पनीले पर्यटन, आकस्मिक स्वास्थ्य उद्धार, सामग्री ढुवानी तथा मानवीय उद्धार कार्यहरूका लागि नियामक मापदण्डहरूमा पूर्ण प्रतिबद्धता रहि उच्च अपरेसन स्ट्यान्डर्डमा सेवा प्रदान गर्ने

आवस्यक प्रशासनिक र प्राबिधिक प्रक्रिया पछि प्रभु हेलिकप्टरले ल्याएको ९एन‑एएनटी कलसाइनको एयरवस एच १२५ हेलिकोप्टरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट कम्पनिको एओसीमा नयाँ हेलिकप्टर थप गरी ब्यवसायिक उडानका लागी अनुमति दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

२०७२ असोजमा प्रभु ग्रुपद्वारा स्थापित प्रभु हेलिले तत्कालिन मुक्तिनाथ हेलिकप्टरलाई १० बर्ष अगाडि अधिग्रहण गरेको थियो । एउटा रोबिन्सन हेलिकप्टरबाट सेवा सुरु गरेको प्रभु हेलिले चार वटा रोबिन्सन हेलिकप्टर थप गरि सेवा प्रदान गरेको थियो ।

कम्पनीले पाँच बर्ष अगाडि पहिलो एयरबस हेलिकप्टर भित्र्यायो । नेपालमा हेलि अपरेसन अनुभवका आधारमा, नेपालका कठोर भूगोलीय आवश्यकताहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न कम्पनीले उच्च प्रदर्शन क्षमतायुक्त एयरबस खरिद गर्ने निर्णय सहित सम्पुर्ण रोबिन्सन हेलिकप्टर बिक्री गरेको थियो । नयाँ हेलिकप्टर भित्र्याएसँगै प्रभु हेलिसँग दुइ वटा एयरवस एच १२५ हेलिकोप्टर भएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट