२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएस अब काठमाडौँमा, अभिनेत्री वर्षा सिवाकोटीले गरिन् उद्घाटन

शुक्रवार , जेठ १७, २०८२

काठमाडौँ । अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरिन् ।

आइएसएएसमा ब्यूटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिनेछ । एकेडेमीमा तालिमप्राप्त जनशक्तिले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने जनाइएको छ ।

अभिनेत्री वर्षा सिवाकोटीले आइएसएएस उद्घाटन गर्दै महिला सशक्तीकरणको अभियानअन्तर्गत उनीहरुलाई शिपमुलक रोजगारी हासिल गर्न एवं उद्यमी बनाउनका लागि पनि एकेडेमीले भुमिका निर्वाह गर्ने बताइन् ।

ब्यूटीसम्बन्धी अन्तर्राष्ट्रिय कोर्स अध्यापन गराउने उद्देश्यले कम्पनीले भारतका विभिन्न सहर, दुबई र श्रीलंकासँगै नेपालमा पनि स्कुल स्थापना गरेको हो ।

अन्तर्राष्ट्रिय सौन्दर्य शिक्षाको क्षेत्रमा प्रसिद्ध ग्लोबल ब्यूटी आइकन भक्ति साप्केले सुरु गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो । करिब दुई दशकभन्दा लामो अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन युएइ’की अध्यक्ष समेत हुन् ।

साप्केको नेतृत्वमा आइएसएएसले ११ आउटलेट बिस्तार गरेको छ । साथै अमेरिकामा पनि शाखा खोल्ने तयारी अघि बढाएको उनको भनाइ छ । “हामीले अहिले स्कुल मात्रै सुरु गरेका छैनौँ, महिला सशक्तीकरणका लागि पनि काम गर्दै छौँ”, साप्केले भनिन्, “स्कुलले यहाँका जनशक्तिलार्ई विश्वस्तरीय तालिम प्रदान गरी वास्तविक करिअर छनोटका लागि पनि सहयोग गर्नेछ ।”

एकेडेमीमा कोस्मेटोलोजी, मेकअप, नेल टेक्नोलोजी, स्पा थेरापी, सलुन तथा स्पा व्यवस्थापन, आइल्याश एक्सटेन्सनलगायत ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका पाठ्यक्रम पढाइ हुनेछ । यी कोर्स पूरा गरेपछि विद्यार्थीले सिडेस्को (स्विट्जरल्यान्ड), पिभोट पोइन्ट (अमेरिका), एलएटिटी (लन्डन), केएचडिए र डिएचए (दुबई) तथा टिभिइटी (यूएई) जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय निकायको परीक्षा दिएर प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।

छोटा तथा लामा पाठ्यक्रमका दुवै विकल्प भएकाले विद्यालय, कलेज उत्तीर्णदेखि विदेश जान चाहने, करिअर परिवर्तन गर्ने चाहने, नयाँ उद्यम थाल्ने वा सीप अभिवृद्धि गर्न चाहने सबैका लागि लक्षित गरिएको छ । तालिमले विद्यार्थीलाई युरोप, मध्यपूर्व, क्यानडा, अष्ट्रेलियालगायतका देशमा पुगेर पाँचतारे होटल, लक्जरी स्पा, क्रुज, फेसन शो जस्ता रोजगारीका अवसरमा सहज पहुँच प्रदान गर्नेछ ।

प्राविधिक सीपसँगै आइएसएएस नेपालले सफ्ट स्किल, उच्चतम ग्राहक सेवा, व्यवसाय व्यवस्थापन एवं खुद्रा बिक्रिको ज्ञानमा पनि जोड दिनेछ । सलुन, स्पा, नेल बार, ब्राइडल स्टुडियोजस्ता आफ्नै उद्यम सञ्चालन गर्न इच्छुकले उचित परामर्श र प्रशिक्षण पाउनेछन् ।

भक्ति साप्के स्वयं टाइमस् फ्यासन विक, फेस अफ इन्डिया, पुने फ्यासन विक लगायत ५० भन्दा बढी उच्चस्तरीय फेसन तथा ब्यूटी इभेन्टमा हेयर र मेकअप आर्टिस्टका रूपमा सहभागी भइसकेकी छिन् । पछिल्ला १४ वर्षमा आइएसएएसबाट ९ हजारभन्दा बढी विद्यार्थी स्नातक भई विश्वभर सफल करिअर बनाइरहेका छन् ।

साप्के कस्मोप्रोफ वर्ल्डवाइड, प्रोफेसनल ब्युटी जीसीसी, ब्युटी वल्र्ड मिडलइष्ट, जस्ता अन्तर्राष्ट्रिय मञ्चमा नियमित वक्ता र निर्णायक रहिआएकी छन् । साप्केका अनुसार आइएसएएसले नेपालका सौन्दर्यप्रेमी युवा, उद्यमीहरूलाई आफ्नो प्रतिभा विश्वमा उजागर गर्न मार्गप्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट