२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आज पनि माईतीघरमा राजावादीहरूको प्रदर्शन [तस्बिरहरू]

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । राजावादी राजनीतिक दलहरुले व्यवस्था विरोधी आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् ।

काठमाडौंको माईतीघर मण्डलामा उनीहरुले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाप्रति विरोध गरेका हुन् । आन्दोलन जेठ १५ गतेदेखि सुरु भएको हो । उनीहरुले राजतन्त्रको पुनःस्थापना र हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राखेर आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनमा सहभागी भएकाहरुले 'हाम्रो राजा हाम्रो देश', 'प्राण भन्दा प्यारो छ', 'जागौँ जागौँ, जागौँ न हे नेपाली जनता', 'पहिला राष्ट्र जोगाऊँ' लगायतका नारा र प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल लगायतका राजनीतिक दलहरु राजतन्त्र पुनःस्थापनाको लागि आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ