२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड र खेलकुद सामग्री हस्तान्तरण

सोमवार , जेठ २०, २०८२

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले विद्यार्थीहरूका लागि स्मार्ट बोर्ड र खेलकुद सामग्री प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका–४, मनौरा स्थित श्री राम जानकी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका सो सामाग्री प्रदान गरेको हो ।

लुम्बिनी प्रदेश प्रमुख शिव दाहालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई एक कार्यक्रमबीच उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैंकका पदाधिकारी, विद्यालयका शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।

बैंकले विगत ३१ वर्षदेखि नेपालमा १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा दिइरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट