२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फोनपेले सुरू गर्यो 'स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५'

मंगलवार , जेठ २१, २०८२

काठमाडौं । नेपालकै अग्रणी डिजिटल भुक्तानी सञ्जाल फोनपे ले 'फोनपे स्टुडेन्ट एम्बेसडर कार्यक्रम २०२५' सार्वजनिक गरेको छ । यस कार्यक्रममार्फत देशभरका विश्वविद्यालयका विद्यार्थीहरूलाई डिजिटल साक्षरता, फिनटेकमा नवीनता र सामाजिक प्रभावमा सशक्त बनाउने लक्ष्य लिएको छ।

यस कार्यक्रमको मूल मान्यता भनेको विद्यार्थीहरू नै नेपालको भविष्यका डिजिटल नेतृत्वकर्ता हुन् भन्ने हो। आजको युवालाई सशक्त बनाएर मात्रै भोलिको डिजिटल समावेशी नेपाल निर्माण गर्न सकिन्छ भन्ने विश्वासमा आधारित यो कार्यक्रमले आधुनिक सीप र नेतृत्व क्षमताबाट भरिपूर्ण नयाँ पुस्ता तयार गर्ने उद्देश्य राखेको छ।

कार्यक्रमको एक विशेष पाटोको रुपमा 'टाइम टु टीच ब्याक' पहल रहेको छ । जसअन्तर्गत विद्यार्थीहरूलाई आफ्ना अभिभावक र समुदायका वृद्ध सदस्यहरूसँग जोडिएर डिजिटल वित्तीय उपकरणहरूको प्रयोग सिकाउने प्रोत्साहन दिइन्छ । यसले पुस्ताबीचको डिजिटल दूरी कम गर्न सघाउने अपेक्षा गरिएको छ ।

यो वर्ष कार्यक्रमप्रति उल्लेखनीय उत्साह देखिएको छ । देशभरबाट १७० भन्दा बढी टिमहरूले आवेदन दिएका छन् । प्रतिस्पर्धात्मक छनोट प्रक्रियापछि ७५ टिमहरू, १५० विद्यार्थीहरू छनोट गरिएको छ, जो आफ्ना कलेज र प्रदेशको प्रतिनिधित्व गर्दै डिजिटल रूपान्तरणको यात्रामा संलग्न भएका छन्।

८ हप्ता लामो कार्यक्रम अन्तरगत विद्यार्थीहरूले डिजिटल भुक्तानी प्रवर्द्धन, सशक्त सामग्री सिर्जना र नेतृत्व सीप विकासका चुनौतीहरू सामना गर्नेछन् । आधिकारिक फोनपे एम्बेसडरको रूपमा उनीहरूले आफ्ना कलेज र समुदायहरूमा सचेतना अभियान डिजाइन र सञ्चालन गर्दै व्यवहारिक अनुभव लिने र दीर्घकालीन सामाजिक प्रभाव सिर्जना गर्नेछन्।

कार्यक्रमबारे फोनपेकी मार्केटिङ प्रमुख, सलिना नकर्मी भन्छिन् ‘हामी युवाको शक्ति र परिवर्तन ल्याउने क्षमतामा विश्वास गर्छौँ । स्टुडेन्ट एम्बेसडर कार्यक्रममार्फत हामी विद्यार्थीहरूलाई डिजिटल संसारमा सफल हुन आवश्यक उपकरण दिन चाहन्छौँ, अनि तिनले सिकेको ज्ञान आफ्नो पुरानो पुस्तासँग बाँड्न प्रोत्साहन गर्न चाहन्छौँ । यो नेतृत्व निर्माणको अभियान हो, जसले अरूलाई पनि अगाडि बढाउँछ।’

छनोटमा परेका विद्यार्थीहरू देशभरका विविध शैक्षिक संस्थाहरूबाट आएका छन्, जसबाट नेपालकै शैक्षिक विविधता र राष्ट्रिय पहुँच देखिन्छ ।

जेठ १७ गते बाट सुरू भएको यात्रा नेपालका प्रमुख शहहरूमा आयोजना हुनेछ । यी कार्यक्रममा सहभागीहरूलाई फोनपे फिनटेक इकोसिस्टमलाई आधार बनाएर कार्यक्रमको उद्देश्य, डिजिटल अभियान सञ्चालनका लागि आवश्यक उपाय, साधन र ज्ञान प्राप्त गराइने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट