२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालन गर्ने, मीनबहादुर दम्पतीले गरे शिलान्यास

बुधवार , जेठ २२, २०८२

काठमाडौं । भाटभटेनी समूहले भैरहवामा अत्याधुनिक गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको छ ।

भाटभटेनी र व्यवसायी उमेश श्रेष्ठसहितको समूहले सो गार्मेन्ट उद्योग सञ्चालनमा ल्याउने भएको हो । बुधबार समूहका अध्यक्ष मीनबहादुर गुरूङले भूमि पूजासहित उद्योगको शिलान्यास गरेका हुन् ।

यस उद्योगले करिब एक हजार दुई सय रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । जसले मुख्यता स्थानीय जनशक्ति तथा त्यस क्षेत्रको आर्थिक विकासमा योगदान पुऱ्याउनेछ ।

अन्तर्राष्ट्रिय मापदण्डमा तयार गरिने यस उद्योगमा आधुनिक मेसिनरी, स्वास्थ्य सुरक्षा र स्वच्छ वातावरणीय प्रणालीको प्रबन्धका साथै एक मेगावाटभन्दा बढीको सौर्य ऊर्जा प्रणाली र ब्याट्री ऊर्जा भण्डारण रहने गरी निर्माण गरिने भएको छ ।

कारखानाले विशेषतः भाटभटेनीका स्टोरहरूमार्फत स्थानीय बजार तथा अन्तर्राष्ट्रिय बजारको लागि तयारी पोशाकको उत्पादन गर्ने लक्ष्य लिएको भाटभटेनीका सीओओ पानु पौडेलले बताए ।

‘यस परियोजनाले भाटभटेनीको स्थानीय उत्पादन, बजारीकरण र रोजगारीलाई बढाउने रणनीतिक योजनालाई विस्तार गर्नमात्र होइन, नेपालका औद्योगिक नीतिहरू र वातावरण सुधार हुँदै गएको सकारात्मक सन्देश दिने एउटा माध्यम बन्नेछ भन्ने विश्वास पनि लिएको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट