काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्क फोन पेले एभरेस्ट बैंकसँग सहकार्य गर्दै 'एभरेस्ट फोन पे क्रेडिट कार्ड’ सुरु गरेको छ ।
फोनपे क्रेडिट कार्ड स्कीम अन्तर्गतको यो नवप्रवर्तनात्मक सेवा पूर्ण रूपमा भर्चुअल र एभरेस्ट बैंकको मोबाइल बैंकिङ एप “EBL Touch 24.” मार्फत उपलब्ध छ।
कार्ड प्रयोगकर्ताहरुले अब देशभर रहेका फोन पे क्यूआर व्यापारीहरूमा सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्नेछन्। यस कार्डले पारम्परीक क्रेडिट सुवधिाहरूमा आधारित कारोबारसँग जोडेर प्रयोगकर्तालाई थप सुविधा दिएको छ ।
“एभरेस्ट बैंक पनि अब हाम्रो यात्रामा सहभागी भएपछि हामी निकै उत्साहित छौँ,” फोन पेका प्रमुख कार्यकारी अधकिृत दिवस कुमारले भने, “यो सहकार्यले घरेलु र सुरक्षति क्रेडिट समाधानको खाँचो पुष्टि गर्छ, जसले उपभोक्ता र व्यापारी दुवैलाई फाइदा पुर्याउँछ।”
सिटिजन्स बैंकसँगको सफल सुरुवातपछिको यो दोस्रो चरण हो जहाँ एभरेस्ट बैंकले आफ्नो एभरेस्ट फोन पे कार्ड सुरु गरेको छ। अझ धेरै बैंकहरूले पनि छिट्टै आफ्ना फोन पे क्रेडिट कार्डहरू सुरु गर्ने तयारी गरिरहेका छन्, जसले समावेशी, घरेलु र नवप्रवर्तनशील क्रेडिट पहुँचतर्फको यात्रालाई अझ बलियो बनाउनेछ।
यो सहकार्यसँगै, फोन पेले डजिटिल नेपाल निर्माणको दिशामा निरन्तर अग्रसर हुँदै सुरक्षित, सहज र सबैका लागि पहुँचयोग्य वित्तीय उपकरणहरूको विकास गरिहेको छ।
प्रतिक्रिया दिनुहोस