२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

प्रधानमन्त्री ओलीद्वारा जीवन विकास सामुदायिक अस्पताल उद्घाटन

शनिवार , जेठ २५, २०८२

मोरङ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी–२ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको उद्घाटन गरेका छन् । आज यहाँ आयोजित विशेष कार्यक्रममा उहाँले उक्त अस्पतालको उद्घाटन गरेका हुन् ।

मुलुकको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको हो ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट