२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इला होटल्स एण्ड रिसोर्टसका होटलहरूमा एससीटी-यूपीआइ कार्डबाट भुक्तानी गर्दा विशेष छुट पाइने

आइतवार , जेठ २६, २०८२

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र इला होटल्स एण्ड रिसोट्र्सबीच एससीटी-यूपीआइ कार्डका ग्राहकहरूलाई १५% सम्मको छुट दिने गरी सम्झौता भएको छ ।

२०२५ जुन १ देखि डिसेम्बर ३१ सम्म बागलुङमा रहेको इला कमफर्ट र मौलाकाली स्थित इला होटेल्स एंड रिसोर्टसमा एससीटी-यूपीआइ कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एंड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५% छुट पाउने छन् । रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।

एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-यूपीआइ कार्ड जारी गर्दै आइरहेको छ । यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको बताइएको छ ।

एससीटी-यूपीआइ कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-यूपीआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट