२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्लाष्टिक फोहोर संकलनका लागि ग्लोबल आइएमई बैंकले आयोजना गर्‍यो हाइकिङ कार्यक्रम

सोमवार , जेठ २७, २०८२

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिक फोहोर संकलन गर्ने उद्देश्यले कीर्तिपुरको मच्छेगाउँदेखि चम्पादेवी मन्दिर परिसरसम्म एक दिने हाइकिङ कार्यक्रम आयोजना गरेको छ।

कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखासँगको सहकार्यमा आयोजित सो कार्यक्रमका दौरान करिब १५० केजी प्लाष्टिक फोहोर संकलन गरिएको बैंकले जनाएको छ।

साथै, हाइकिङ रुटअन्तर्गतका विभिन्न स्थानमा फोहोर संकलनका लागि स्थानीय समुदायले उत्पादन गरेका बाँसको डोका (डस्टबिन) समेत राखिएको छ। यसले दीर्घकालीन फोहोर व्यवस्थापनमा योगदान पुर्‍याउने बैंकले विश्वास लिएको छ। फोहोर संकलनपछि उक्त फोहोर नगरपालिकाको फोहोर व्यवस्थापन केन्द्रमा हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, कीर्तिपुर नगरपालिका प्रतिनिधिहरू, नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर शाखाका पदाधिकारी, बैंकका कर्मचारी तथा स्थानीय स्वयम् सेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ग्लोबल आइएमई बैंकले बैंकिङ सेवाका अतिरिक्त स्वदेशी उत्पादनको प्रवर्धन, जलवायु परिवर्तन असर न्यूनीकरण, वातावरण संरक्षण तथा दिगो विकासमा विशेष योगदान दिँदै आएको छ। विश्व वातावरण दिवसकै सन्दर्भमा बैंकले देशभर वृहत् वृक्षारोपण कार्यक्रम पनि गरेको छ।

आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकले मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्यसहित विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गरेको जानकारी दिएको छ। वृक्षारोपणले वातावरण संरक्षणका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीय समुदायको आयआर्जनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट