२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

विपदको क्षति न्यूनीकरण गर्नका लागि विपत बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु

सोमवार , जेठ २७, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले विपदको क्षति न्यूनीकरण गर्नका लागि विपद बीमा र बस्ती स्थान्तरण गर्ने तयारी सुरु गरेको छ। सोमबार बसेको प्रदेश विपद परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थान्तरण र विपद बीमा गर्ने निर्णय गरेको हो। ‌

यो निर्णयले प्रदेशमा विपद व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। विगतको तुलनामा यस वर्ष मनसुन छिटै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्न सोमबार बैठक बसेको थियो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद व्यवस्थापन परिषद् बैठकले विपत को क्षति कम गर्नका लागि विभिन्न सात महत्वपूर्ण निर्णय गरेको छ।

बैठकले चालु आर्थिक वर्षमा राहत सामग्री र रकम गरेर वितरण गरिएको ७५ लाख ८० हजार बराबरको खर्च समेत अनुमोदन गरेको छ। बैठकले प्रदेश विपद व्यवस्थापन रणनीतिक कार्य योजना र मनसुन पूर्व तयारी प्रतिकार्य प्रदेश कार्ययोजना २०८२ लाई पारित गरेको छ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विपद बीमा र स्थान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिए । उनले विभिन्न संघसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिए ।

बजेट र कार्यक्षमता हेरेर विपदको काममा तत्कालै जुट्न उनले आग्रह गरे । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागि बाढीपहिरो चट्याङ र विस्फोटमा परी मृत्यु भएका ३४ जनालाई राहत रकम वितरण गरिएको छ। त्यस्तै निजी आवास बनाउन ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए ।

कोशी प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब ४ हजार १५१ परिवारहरू रहेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट