२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकद्वारा ‘डिलर पार्टनर’ कार्यक्रमका लागि आवेदन आह्वान

सोमवार , जेठ २७, २०८२

काठमाडौं । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘डिलर पार्टनर’ कार्यक्रमका लागि आवेदन आह्वान गरेको छ।

अब शून्य लगानीमा स्मार्टफोन प्रयोग गरेरै सजिलै आम्दानी गर्न सकिनेछ। कम्पनीका अनुसार ‘डिलर पार्टनर एप’ प्रयोग गरी देशका जुनसुकै स्थानबाट पनि मासिक रू. २० हजार सम्मको आम्दानी सम्भव छ।

सहज प्रयोगका लागि बनाइएको एपमार्फत प्रयोगकर्ताले केवल ३ क्लिकमै कमाइ गर्न सक्ने र प्रक्रिया झन्झटरहित रहेको क्लासिक टेकको दाबी छ। इन्टरनेट तथा टिभी जडानका प्रत्येक सिफारिसमा डिलर पार्टनरले रु १ हजार ४ सय सम्म आम्दानी गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इच्छुक व्यक्तिले गुगल प्ले स्टोर वा एप स्टोरबाट ‘डिलर पार्टनर एप’ डाउनलोड गरी KYC फारम प्रमाणिकरण (verify) गरेपछि काम सुरु गर्न सक्नेछन्। साथै, थप जानकारीका लागि नजिकको क्लासिक टेक शाखा कार्यालयमा सम्पर्क गर्न वा वेबसाइट https://www.classic.com.np/dealer-partner/ अवलोकन गर्न सकिने कम्पनीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट