२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अप्टिकल फाइबर केबल बिछ्याउन एनसेलले खुलायो ठेक्का, कहिलेसम्म छ अवधि ?

मंगलवार , जेठ २८, २०८२

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले भूमिगत तथा एडीएसएस (अल-डाइलेक्ट्रिक सेल्फ-सपोर्टिङ) अप्टिकल फाइबर केबल बिछ्याउने परियोजनाका लागि ठेक्का खुलाएको छ।

मंगलबार एनसेलले यस कामका लागि टेन्डर निकालेको छ। इच्छुक निर्माण व्यवसायी/आपूर्तिकर्ताले असार १० गतेभित्र कम्पनी प्रोफाइल, कार्यअनुभव, प्राविधिक क्षमतालगायतका आवश्यक कागजात बुझाउनु पर्नेछ ।

परियोजनाअन्तर्गत एनसेलले सर्वेक्षण र कार्यान्वयन योजना, ट्रेन्चिङ, डक्टिङ तथा भूमिगत केबल बिछ्याउने कामका लागि निर्माण व्यवसायी माग गरेको हो।

परियोजनाअन्तर्गत एनसेलले एडीएसएस अप्टिकल फाइबर केबल जडान गर्ने (भइरहेको पोल वा नयाँ पोलहरुमा), म्यानहोल, जोइन्टिङ पिट र मार्ग चिन्ह निर्माण कार्य, परीक्षण, कमिसनिङ तथा मर्मतसम्भार सेवाका लागि प्रस्ताव माग गरेको छ।

यस्तै, राइट अफ वेको लागि नियामक निकायसँग आवश्यक समन्वयको कामसमेत सोही निर्माण व्यवसायी/आपूर्तिकर्ताले गर्नुपर्ने सर्त एनसेलको छ।

इच्छुक कम्पनीले भूमिगत तथा एरियल फाइबर अप्टिक्स/एडीएसएस केबल बिछ्याउने कार्यमा प्रमाणित अनुभवसहितका योग्यता पुग्ने विवरण एनसेललाई बुझाउनुपर्नेछ।

एनसेलले देशका विभिन्न भागमा एडीएसएस अप्टिकल फाइबर केबल विस्तार गर्देछ। त्यसैका लागि एनसेलले आगामी वर्षहरुमा केबल बिछ्याउने परियोजनका लागि योग्य कम्पनीको खोजी सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट