काठमाडौं । काठमाडौं महानगरपालिकाका अघिल्ला प्रमुख प्रशासकिय अधिकृत प्रदिप परियारले अदालतको सम्मान गर्ने बताउँदै अदालतबाट न्याय प्राप्त हुनेमा विश्वस्त रहेको बताएका छन् ।
परियारसहित सातविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूले पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको बताएका छन् ।
उनले भनेका छन्- 'मैले मेरो पेशागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु। अहिले प्रश्न उठेकाले मैले अदालती प्रक्रियाको सम्मान गर्दै सोको विधिसम्मत रूपमा सामना गर्नेछु। सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ।'

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ।
परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशकका रुपमा कार्यरत छन्।
प्रतिक्रिया दिनुहोस