२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित

शुक्रवार , जेठ ३१, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन् ।

कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाए ।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन्।

सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित हुनुभयो भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट