२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

परामर्शदाताहरुलाई क्षमता विकास तालिम

शुक्रवार , जेठ ३१, २०८२

विराटनगर । स्थानीय व्यवसाय विकास परामर्शदाताहरूलाई क्षमता विकास तालिम प्रदान गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाको सहकार्यमा तालिम प्रदान गरिएको हो ।

‎तालिममा साना मझौला उद्योगहरूको व्यवसाय प्रवर्धनमा व्यवसाय परामर्शदाताहरूको भूमिका, व्यावसायिक योजना तयारी, लोन एप्लिकेसन,व्यावसायिक योजनाहरूको अभ्यास, सञ्चार समन्वय, इथिकल स्ट्यान्डर्ड, जेन्डर र सोसियल इन्क्लुजन, तथ्याङ्क सङ्कलन ,नतिजा मापन, विषय समावेश गरिएको थियो। साथै उदय परियोजना र यसको कार्यक्षेत्रबारे पनि सहभागीहरूलाई जानकारी गराइएको थियो ।

तालिममा सहभागी कन्काई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौंलाले व्यावसायिक विकास परामर्श तालिमबाट दूरदराजमा रहेका उद्यमी व्यवसायीहरुलाई विशेष गरेर साना तथा मझौला उद्योगी व्यवसायीहरूको व्यवसाय विस्तारमा परामर्श दिन सकिने बताए । ‎खोटाङ उद्योग वाणिज्य संघबाट सहभागी मदमबहादुर तामाङले तालिमबाट आफूले व्यावसायिक योजना बनाउन सिकेको बताए ।

त्यस्तै धनकुटा उद्योग वाणिज्य संघबाट सहभागी साङ्गहेन्मा राईले महिला उद्यमीहरूले सञ्चालन गरेका उद्यम व्यवसायीहरूलाई प्रवद्र्धन गर्न यो तालिमले सहयोग पुगेको र अब देखि यस कार्यमा आफु सक्रिय हुने बताइन् ।

तालिमको समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जिल्ला नगर उद्योग वाणिज्य संघहरूको क्षमता विकास गर्न महासंघ कोशी क्रियाशील रहेको बताउँदै व्यावसायिक विकास परामर्श सेवाको सुरुवातले साना मझौला उद्यमीहरूको व्यवसाय प्रवद्र्धन हुने विश्वास रहेको बताए ।

राउतले आउने दिनमा स्टार्टअप सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने क्रममा रहेको जानकारी दिए ।

समापन समारोहमा उदय परियोजनाका बिडिएस लिड विष्णु काफ्लेले व्यवसाय विकास परामर्श सेवाको तालिमले कोशी प्रदेशका साना तथा मझौला उद्योग व्यवसायलाई प्रवद्र्धन सहजता थप्ने विश्वास व्यक्त गरे । तालिम कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्ला/नगर उद्योग वाणिज्य संघका ३० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट