२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

आज २०८२ साल जेठ ३१ गते शनिबारको राशिफल

शनिवार , जेठ ३२, २०८२

मेष : दिन सामान्य राम्रो छ। साथीको कुरा सुन्दा अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ। पैतृक सम्पत्तिबाट लगानी गरेको भए फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। कृषिको व्यापारबाट नाफा हुने योग छ।

वृष : दिन राम्रो छ। राजनीतिप्रति आक्रोश बढ्नेछ। व्यापारमा एकल निर्णयले फाइदा होला। आफूले आफूलाई ख्याल नगर्दा रोगले सताउने जोखिम छ। परिवारमा रमाइलो भेटघाट हुनेछ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले महत्त्वपूर्णा काम बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षी साथीले पुराना कुरा कोट्याएर अप्ठेरो परिस्थितिको निर्माण गर्ने जोखिम हुनसक्छ। धार्मिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढे दिन सहज बन्नेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा प्रगति हुनेछ। साथीको साथ मिल्नेछ। बोल्दा भने सचेत बन्नुपर्ने छ। खानपानले स्वास्थ्यमा थप समस्या देखिन सक्ने छ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

कन्या :शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण अवसर प्राप्त हुनेछ। राज्यका तर्फबाट सेवाको अवर मिल्नेछ। परिवारसँग धार्मिक यात्राको तय हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। गुरुको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

तुला : दिन सामान्य छ। परिवारको कारण समाजबाट टाढा हुनुपर्ने जोखिम आइपर्न सक्छ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। आफन्तको सहयोग प्राप्त होला। उपचारमा भए रोग पहिचान हुनेछ।

वृश्चिक : धनलक्ष्मी योग परेको छ। आफूले गरेका कर्ममा सन्तुष्टि मिल्नेछ। अरुको कुरा सुन्ने बानीले मन तरंगित होला। धार्मिक कुरामा विश्वास गर्दा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्नेछ।

धनु : मन शान्त र प्रशन्न रहनेछ। साथी तपाईंको पक्षमा बोल्नेछन्। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा होला। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ।

मकर : अनावश्यक खर्च बढ्नेछ। परिवारको बोझले सताउने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। गुरुको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला।

कुम्भ : दिन सामान्य छ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा भने समस्या हुनेछ। मन अशान्त बन्ने छ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ बाटो बन्नेछ। अन्त्य साढेसाती दशा भएकाले पिपलको दर्शन गर्नु उचित हुन्छ।

मीन : दिन राम्रो छ। साथीबाट सकारात्मक सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। मध्य साढेसाती दशाका कारण शिर सम्बन्धी दुखाई बढ्नेछ। दान गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट