मोरङ । उद्योग संगठन मोरङको अध्यक्षमा नन्दकिशोर राठी निर्वाचित भएका छन्। संगठनको ५२ औं साधारण सभाले राठीलाई अध्यक्षतामा निर्विरोध निर्वाचित गरेको हो । सभाले कार्यसमिति नै निर्विरोध चयन गरेको छ ।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा भोलेश्वर दुलाल र प्रथम उपाध्यक्षमा सुरेन्द्र गोल्छा निर्वाचित भएका छन् । त्यस्तै द्वितीय उपाध्यक्षमा विपिन काबरा, तृतीय उपाध्यक्षमा सुबोध कोइराला र कोषाध्यक्षमा पारस लुनियाँ निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा दीपककुमार अग्रवाल, जयेन्द्रकुमार शर्मा, सन्तोषकुमार भगत, सिद्धार्थ काबरा, सृजन प्याकुरेल, उकेश अग्रवाल, सौरभशारडा र वीरेन्द्र राठी निर्वाचित भएका छन् ।
संगठनका अनुसार संगठनमा मतदान गर्ने हैसियतका १८३ सदस्य प्रतिष्ठान छन्। कुल १७ सदस्यीय कार्यसमितिमा १४ जना शनिवार निर्विरोध निर्वाचित भएका हुन् ।
नयाँ कार्यसमितिको बैठकले कार्यसमिति सदस्यका लागि एक महिलासहित कुल ३ जनालाई मनोनीत गर्नेछ।
प्रतिक्रिया दिनुहोस