काठमाडौं । भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हेलिकप्टरमा पाइलटसहित ७ जना सवार रहेको हिन्दुस्तान टाइम्सले जनाएको छ । गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै दुर्घटना हेलिकप्टर दुर्घटना भएको हो ।
देहरादूनबाट केदारनाथ जाँदै गर्दा दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको उल्लेख छ ।
खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस