२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रिमियम मूल्यमा आइपीओ जारी गर्दै सिम्रिक एयर

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित सिम्रिक एयर लिमिटेडले प्रिमियम मूल्यमा साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले यही असार २५ मा साधाणसभा बोलाएको छ । साधारणसभाबाट पारित भएपछि आइपीओ निष्कासनको प्रक्रिया अघि बढ्नेछ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले प्रिमियम मूल्यमा आइपीओ र बोनस सेयर वितरणको प्रस्ताव सभामा पेस गर्ने निर्णय गरेको हो । पछिल्लो समय वायुसेवा कम्पनीहरू पनि आइपीओ निष्कासन गर्न आकर्षित भएका छन् ।

प्रिमियम र बुकबिल्डिङ विधिबाट आइपीओ विवादित बनेपछि नेपाल धितोपत्र बोर्डले स्वीकृति रोकको छ । संघीय संसद्को अर्थ समितिले आइपीओ जारी गर्न लागेको कम्पनीको न्यूनतम खुदसम्पत्ति (नेटवर्थ) ९० रुपैयाँ र प्रिमियमा आइपीओ निष्कासन खुलाउन धितोपत्र बोर्डलाई गत शुक्रबार निर्देशन दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ