२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनआईसी एशिया ग्रोथ फण्ड खारेज, असार ९ गतेदेखि भुक्तानी गरिने

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । एनआईसी एशिया बैंकको प्रवर्द्धन तथा एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ७ वर्षे बन्दमुखी योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ खारेज गरिएको छ । योजना परिपक्व भएपछि अब इकाईधनीलाई लगानीअनुसारको रकम भुक्तानी गरिने भएको हो ।

कम्पनीका अनुसार ८ करोड ३५ लाख २० हजार इकाइ रहेको उक्त योजना मिति २०८१ साल फागुन २८ गते परिपक्व भएको थियो ।

सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ चैत १२ गते खारेजी स्वीकृति प्राप्त भएपछि योजना खारेज प्रक्रिया अगाडि बढाइएको थियो ।

क्यापिटलले ग्रोथ फण्ड अन्तर्गत रहेको सम्पूर्ण सम्पत्ति नगदमा परिणत गरिसकेको छ । अब योजना अनुसारको हिस्सा बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा हुने गरी असार ९ गते (२२ जुन २०२५) देखि फिर्ता भुक्तानी सुरु हुने भएको छ ।

इकाईधनीलाई हितग्राही खातामा उल्लेख भएको बैंक खातामा रकम जम्मा गरिने हुँदा खाता विवरण उल्लेख नभएको वा परिवर्तन भएको भए तुरुन्त अद्यावधिक गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट