२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

असार १३ गतेदेखि सिटिजन्स सदाबहार योजनामा आवेदन खुल्ने

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डमा असार १३ गतेदेखि आवेदन खुल्ने भएको छ ।

सिटिजन्स बैंकको कोष प्रवर्द्धनमा सञ्चालन हुन लागेको ‘सिटिजन्स सदाबहार योजना’ खुल्लामुखी हो । कुल ५ करोड इकाइमध्ये ४ करोड २५ लाख इकाइ सार्वजनिक रुपमा निष्कासन हुन लागेको हो ।

कम्पनीले प्रति इकाई १० रुपैयाँ अंकित मूल्य दरका ५ करोड इकाई बिक्री गर्नेछ । जसमध्ये १५ प्रतिशत अर्थात् ७५ लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक र बाँकी ४ करोड २५ लाख इकाई सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने भएको हो ।

अंकित मूल्य १० का दरले न्यूनतम १ सय इकाइका लागि आवेदन दिन सकिनेछ । छिटोमा असार १७ र ढिलोमा २७ गतेसम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक तथा योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट