२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

Vespa र Aprilia को “Monsoon मा 5X मज्जा !” अफर, के-के छन् सुविधा ?

बिहिवार , आषाढ ५, २०८२

काठमाडौं । नेपालका लागि अधिकृत वितरक एम.भी. दुगड ग्रुप अन्तर्गतका भेस्पा ( Vespa) र अप्रिला (Aprilia) स्कूटर ब्रान्डले मनसुन अवसरमा नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।

"Monsoon मा 5X मज्जा !” योजना अन्तर्गत भेस्पा वा अप्रिलाको कुनै पनि स्कूटर खरिद गर्दा ग्राहकहरूले रु ५,६००० सम्मको नगद छुट, विशेष वित्तीय योजना, तथा निस्शुल्क बीमा लगायतका सुविधा प्राप्त गर्न सक्नेछन्।

साथै, सो अफर भेस्पा नेपाल वेबसाईट वा अप्रिला नेपालमा गएर दर्ता गर्दा रु १०,००० को आकर्षक भौचर समेत जित्न सकिन्छ।

यस योजनामा सहभागी भएर स्कूटर बुकिङ गर्ने ग्राहकले रु ८५,००० सम्मको नगद छुट साथै सन् २०२१/२२ वा २२/२३ मोडलहरूमा विशेष अफर, रु ४,९९९ मासिक किस्ताबाट खरिद सुविधा तथा सहरका विभिन्न शो-रूमहरूमा टेस्ट राइड, एक्सचेञ्ज र फाइनान्स योजना समेतको फाइदा लिन सक्नेछन्।

भेस्पा र अप्रिलाका अनुसार यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। ग्राहकहरूको सुविधा र सन्तुष्टिलाई मध्यनजर गर्दै ल्याइएको यो योजना देशभरिका Vespa/Aprilia शो-रूमहरूमा उपलब्ध छ।

मनसुनमा स्टाइल र सस्तो मूल्यमा स्कूटर किन्ने सोच बनाएका ग्राहकका लागि यो योजना विशेष अवसर सावित हुन सक्ने भेस्पा/अप्रिला (Vespa/Aprilia) ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट