काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोक्का पक्राउ परेकी छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले रोकालाई काठमाडौंबाट पक्राउ गरेको हो । रोक्कालाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको हो।
उनको खोजीका लागि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूटन नोटिस जारी भएको थियो ।
राजस्व अनुसन्धान विभागले २ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार राजश्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन बरामद गरेको थियो ।
उनी बेल्जियन नागरिक दावा छिरिङकी श्रीमती हुन्। छिरिङ सुन तस्करीमै हाल पुर्पक्षको लागि कारागारमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस