२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

कोशी प्रदेशसभा : विनियोजन विधेयक सर्वसम्मतिले पारित

शुक्रवार , आषाढ ६, २०८२

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले विनियोजन विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले ‘आर्थिक वर्ष २०८२–८३ का लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

त्यसअघि विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य नारायणबहादुर मगर, विदुर लिंथेप, रमेशकुमार बस्नेत र यशोदा कायस्थले भाग लिएका थिए ।

शून्य समय

बैठकको शून्य समयमा कोशी प्रदेशसभा सदस्य किशोरचन्द्र दुलालले प्रदेशको समृद्धिका लागि सामूहिक प्रयास आवश्यक छ भने ।

अर्की सदस्य सविना बजगाइँले झापाको बाहुडाँगीको जनजीवन हात्तीबाट आक्रान्त भएको गुनासो गर्दै सरकारबाट नियन्त्रणको प्रयास हुनुपर्ने माग गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट