काठमाडौं । नेपालमा बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ भर्सनको डल्फिन आइतबार सार्वजनिक गरेको हो। साइमेक्स इंकले नेपाली बजारमा बीवाइडीको 'डल्फिन २०२५' मोडल सार्वजनिक गरेको हो ।
यो भर्सनको गाडीमा ल्यो वोल्टेज ब्याट्री र १५ वर्षसम्मको लाइफ भएको ब्याट्री उपलब्ध छ। यसलाई सुरक्षा र दिगोपनको हिसाबमा राम्रो मानिन्छ।
डल्फिन २०२५ को मूल्य ४१ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ। डल्फिन २०२५ मा एनएफ्सी कि लेस इन्ट्री पनि छ। जसले मोबाइलबाटै भेहिकल स्टार्ट अन अफ गर्न सकिन्छ। यस्तै, यसमा बीवाइडी एप पनि इन्स्टल्ड छ।
कम्पनीले हरेक पटक ग्राहकहरुलाई नयाँ दिने कोसिस गरिरहेको र यो पटक डल्फिनमा नयाँ टेक्नोलोजीको विकास भएको लिथियम आयोन फोसफेट ब्याट्री उपलब्ध रहेको साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले जानकारी दिइन् ।

बीवाइडी डल्फिनमा प्रतिघण्टा ४४.९ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ। यसले एक पटकको फुल चार्जमा डब्लुएल्टिपि साइकल अनुसार ३४० किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ।
नयाँ डल्फिनको बाहिरी भागमा केही सामान्य परिमार्जनहरू गरिएका छन्। बम्परको तल्लो एयर इन्टेक एरिया र पछाडिको ‘बिल्ड योअर ड्रीम्स लोगोलाई ‘बिवाइडि’ लोगोले प्रतिस्थापन गरिएको छ भने यसमा रेगुलर एलईडी हेडलाइट र डाइनामिक टेललाइट डिजाइन गरिएको छ।
बीवाइडी डल्फिनले ‘ओशन एस्थेटिक्स’ डिजाइन कन्सेप्टलाई अपनाएको छ, जसले गाडीलाई आकर्षक र आधुनिक देखाएको छ ।
क्याबिनमा १२.८ इन्चको घुम्ने टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली छ। जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो समर्थन गर्दछ। सामान राख्नको लागि बुट स्पेस ३४५ लिटर छ, जुन पछाडिका सिटहरु फोल्ड गर्दा १,३१० लिटरसम्म विस्तार गर्न सकिन्छ।

६ वटा एयरब्याग, फर्वार्ड कोलिजन वार्निङ, ट्राक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि यस मोडलको बिवाइडिमा उपलब्ध छ। साथै लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट, रिअर कोलिजन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिक अलर्ट जस्ता फिचरहरु पनि यसमा समावेश छन् ।
प्रतिक्रिया दिनुहोस