२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो फाइबर सिमेन्ट बोर्ड उद्योग, बुधबार उद्घाटन

मंगलवार , आषाढ १०, २०८२

काठमाडौं । नेपालको सफल र प्रतिष्ठित व्यवसायिक घरना आइएमई ग्रुप अन्तर्गत एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालीले नेपालमै पहिलो पटक फाइबर सिमेन्ट बोर्डको उत्पादन सुरु गरेको छ ।

रौतहटको फतुवा विजयपुरमा करिब डेढ अर्ब रुपैयाँको लगानीमा सुरु गरिएको कम्पनी र उत्पादनको बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा भर्चुअल माध्यमबाट स्वीच थिचेर होटल र्‍याडिसन, काठमाडौंबाट उद्घाटन गर्नेछन् ।

रेमिट्यान्स, बैंकिङ, बीमा, पर्यटन पूर्वाधार, जलविद्युतदेखि सूचना प्रविधिसम्म लगानी विस्तार गरेको आइएमई ग्रुप उत्पादन मुलक उद्योगको नयाँ युगमा भर्खर प्रवेश गरेका हो । ग्रुपले यसअघि नै महोत्तरीको गौशालामा नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रीजको स्थापना र उत्पादन थालिसकेको छ।

पेपर उद्योग स्थापनाको केहि महिना नपुग्दै आइएमई ग्रुपले दोश्रो उत्पादनमूलक उद्योगको रुपमा एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्राइभेट लिमिटेडले उत्पादन सुरु गरेको हो । यो नेपालकै पहिलो उच्च गुणस्तरका फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने कम्पनी हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल फाइबर सिमेन्ट बोर्ड उद्योगबारे भन्छन्, 'हामीले स्थानीय स्रोत र नेपाली कच्चा पदार्थको उपयोग गर्दै यस्तो उद्योग स्थापना गरेका हौँ । यसले नेपालमा आयात हुने फाइबर सिमेन्ट बोर्डलाई विस्थापन गरी रोजगारी सिर्जना गर्दै विदेशबाट हुने आयात घटाउँछ र देशभित्रै रोजगारी सिर्जना गर्छ ।'

सिमेन्ट र अन्य स्वदेशी कच्चा पदार्थको प्रयोग गरी उत्पादन गरिने अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्डले मुलुकलाई आत्मनिर्भरताको बाटोमा लैजान एउटा इँटा मात्र थप्ने छैन, यस्ता बोर्डहरु विदेशबाट आयात गर्नुपर्दा विदेशिने अर्बौ रुपैयाँ समेत रोक्ने कम्पनीले जनाएको छ ।

कच्चा पदार्थको मिसावटदेखि बोर्ड कटिङ र ड्राइङसम्मका सम्पूर्ण प्रक्रियाहरु पूर्ण अटोमेटेड प्रविधिमा आधारित यो उद्योगले दैनिक ३५ सय बोर्ड उत्पादन गर्ने क्षमता राख्छ । उद्योगले ४ फिट लम्बाइ, ८ फिट चौडाइ र ४ एमएमदेखि ३० एमएमसम्म मोटाइका बोर्ड उत्पादन गर्नेछ । यहाँ उत्पादन भएका बोर्डहरु लचकदार, अग्नि प्रतिरोधक र घाम–पानीले कुनै असर नगर्ने गुणस्तरका छन् ।

एभरेष्ट फाइबर सिमेन्ट बोर्ड प्रालीका प्रबन्ध निर्देशक प्रदीप पण्डितले उत्पादनको गुणस्तरमा कुनै सम्झौता नगरिएको बताए । उनले भने, ‘अत्याधुनिक र स्वचालित प्रविधिबाट उत्पादित फाइबर सिमेन्ट बोर्डको गुणस्तरमा हामीले कुनै सम्झौता गरेका छैनौँ । विभिन्न डेनसिटी र भेराइटिका बोर्डहरु उत्पादन हुने भएकाले यसलाई जुनसुकै तरिकाले पनि प्रयोग गर्न सकिन्छ ।’ फाइबर सिमेन्ट बोर्ड विशेष गरी भवनको बाहिरी वाल, पार्टेशन, फल्स सिलिङ, मोडुलर किचेन, इको प्यानल बनाउन सकिन्छ । बोर्डको प्रयोग गरी इँटा र प्लास्टर बिनै घर निर्माण गर्न समेत सकिन्छ ।

यसको प्रयोगले १०–१५ दिनमै नयाँ घर तयार गर्न सकिने हुँदा यसको माग र लोकप्रियता नेपालमा मात्रै नभइ विश्वभर बढ्दो क्रममा छ । छिटो, सस्तो र दिगो हुने फाइबर सिमेन्ट बोर्डको प्रयोग गरी भूकम्प, बाढी वा पहिरो जस्ता प्राकृतिक प्रकोपमा छोटो समयमा बलिया संरचना निर्माण गर्न सकिन्छ । यसमा प्लाष्टर र रंगको झन्झट गर्न नपर्ने हुँदा समय र खर्च दुबै बचत हुनेछ ।

 

उद्योगले स्थानीय रोजगार प्रवर्द्धनमा पनि जोड दिएको छ । उद्योग सुरु भएपछि यसमा करिब २०० जनाले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । उद्योगमा करिब ९८ प्रतिशतभन्दा बढी स्थानीय जनशक्ति कार्यरत छन् । जहाँ ४० प्रतिशत भन्दा बढी महिला छन् । उनीहरुले प्रोसेसिङदेखि प्याकिङसम्मको काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ