२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

विराटनगर महानगरको नीति तथा कार्यक्रम : सामाजिक क्षेत्र, पूर्वाधार विकास र वडास्तरीय योजनालाई प्राथमिकता

मंगलवार , आषाढ १०, २०८२

विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक बर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा सामाजिक क्षेत्र, पूर्वाधार विकास र वडास्तरीय योजनालाई प्राथमिकतामा राखेको छ ।

महानगरले मंगलबार नीति तथा कार्यक्रम र बजेटसँगै प्रस्तुत गरेको हो । मेयर नागेश कोइरालाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा स्थानीय आवश्यकता, संघीय निर्देशिका र दीर्घकालीन विकासलाई मध्यनजर गर्दै योजना बनाइएको बताए ।

नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले बजेट निर्माणका क्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, अन्तर्सरकारी वित्त व्यवस्थापन ऐन, राष्ट्रिय योजना आयोगको मार्गदर्शन, संघीय तथा प्रदेश सरकारका सुझाव, स्थानीय तहको दिग्दर्शन, विषयगत समिति तथा सरोकारवाला पक्षहरूको सल्लाह र निर्वाचन घोषणापत्रमा गरिएका प्रतिबद्धताहरूलाई आधार बनाइएको बताए ।

मेयर कोईरालले आगामी बजेटको मूल प्राथमिकता उत्पादनमुखी र छिटो प्रतिफल दिने योजनाहरू, शिक्षा तथा स्वास्थ्यमा पहुँच वृद्धि, स्थानीय राजस्व वृद्धि, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, सेवा प्रवाह र संस्थागत विकास, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, स्थानीय भाषा, धर्म, कला, साहित्य र संस्कृति संरक्षण, वातावरण संरक्षण तथा बालमैत्री शासन र गरिबी न्यूनीकरणमा केन्द्रित रहने उल्लेख गरेका छन् ।

महानगरका विभिन्न महाशाखा, शाखा तथा वडा कार्यालयहरूले गत आर्थिक वर्षको अन्त्यसम्म गरेका कार्यहरूको मुख्य उपलब्धि विषयगत समितिका संयोजकहरूले सभामा प्रस्तुत गर्ने जानकारी समेत दिए ।

“हामी सबैको रहर शिक्षित, सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर” भन्ने दीर्घकालिन सोचलाई पुरा गर्ने उदेश्यको साथ ल्याईएको नीति तथा कार्यक्रम र बजेट मासमावेशी, पारदर्शी र उत्तरदायी शासन प्रणालीमार्फत समृद्ध विराटनगर निर्माणमा सहयोग पुग्ने खालको रहेको मेयर कोइरालाले स्पष्ट पारे

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट