बिराटनगर । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय बिराटनगरद्वारा बिधालयलाई आइसिटी ल्याव निर्माणको लागि आवस्यक सामाग्री बितरण गरेको छ ।
टेलिकमले कम्पनीकाे संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर अन्तरगत विभिन्न बिधालयहरुमा आइसिटी ल्याव निर्माणका लागि आवश्यक सामाग्री उपलब्ध गराउने याेजना अनुसार बिराटनगर २ स्थित जनता नमुना माध्यामिक बिधालयलाई बिहिवार सामग्री हस्तान्तरण गरेको हो ।
टेलिकमले १२ थान लेनेभो अल इन वन कम्प्युटर , १ थान प्रीन्टर, १२ थान युपिएस, १२ थान एन्टिभाइरस , १ थान एपि राउटर लगायत अन्य सामाग्रीहरू वितरण गरेको टेलिकम बिराटनगर शाखाका साहायक प्राबिधिक अधिकृत प्रकाश शर्माले जानकारी दिए ।
प्रादेशिक निर्देशनालय बिराटनगरका निर्देशक बिमलेश झाले बिधालय व्यवस्थापन समिति अध्यक्ष मनाेज बिक्रम शाह र बिधालयका प्रधानाध्यापक चिन्तामणि रिजाललाई हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा टेलिकम प्रादेशिक निर्देशनालय बिराटनगर एवं दू.सं.का,बिराटनगरका विभिन्न तहका कर्मचारीहरु एवं बिधालयका शिक्षक कर्मचारीहरुकाे उपस्थिति रहेकाे थियाे ।
कम्पनीले काेशी प्रदेशका विभिन्न स्थानमा रहेका ८ वटा बिधालयहरुलाई आइसिटी ल्याव निर्माणकालागि उपलब्ध गराउने याेजना अनुसार ६ स्थानका बिधालयलाई सामाग्री हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको जनाएको छ ।
कम्पनी नेपाली जनताकाे मन जित्दै मुलुकका विभिन्न स्थान नविनतम सञ्चार प्रबिधि उपलब्ध गराउने कार्यमा सधै प्रतिबद्ध रहेकाे र समाजका विभिन्न क्षेत्रमा सिएसआर अन्तरगत विभिन्न कार्यक्रमहरु बिगतमा पनि गरिरहेकाे प्रादेशिक निर्देशनालयका निर्देशक झाले बताए ।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष शाह र बिद्यालयका प्रधानाध्यापक रिजालले कम्पनीले सामुदायिक बिधालयलाई आइटी शिक्षालाई प्राथमिकतामा राखी आफ्नाे बिधालय छनाैट गरेको प्रति धन्यवाद दिदै प्राप्त भएकाे सामाग्रीले बिध्यार्थीहरुलाई आइटी शिक्षामा थप मद्धत पुग्ने बताए । उनिहरुले साम्रागीकाे उचित प्रयाेग एवं संरक्षण गर्ने समेत बताए ।
प्रतिक्रिया दिनुहोस