२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

नवौँ न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्डस् सम्पन्न

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । न्यु बिजनेस एजको आयोजनामा सम्पन्न ‘नवौँ न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्डस्–२०२५’ कार्यक्रममा विभिन्न नौ कम्पनी तथा एक जना वरिष्ठ उद्यमीलाई सम्मान गरिएको छ ।

सन् २०१३ देखि हरेक वर्ष हुँदै आएको न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्डस् भुकम्प, नाकाबन्दी तथा कोभिडका कारण असहज भएका वर्षहरूमा भने हुनसकेको थिएन ।

कार्यक्रमको पहिलो सत्रमा ‘सुधारद्वारा आर्थिक वृद्धि (ड्राइभिङ ग्रोथ थ्रु रिफर्मस्) भन्ने मुख्य थिममा केन्द्रित रहेर विज्ञहरूबीच प्यानल छलफल गरिएको थियो । त्यसमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष तथा पूर्व अर्थसचिव रामेश्वर खनालले की नोट सम्बोधन गरेका थिए । प्यानल वक्ताहरूमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, एनसेलका प्रमुख कार्यकारी अधिकृत जब्बोर कायुमोभ, श्रीनगर एग्रो ग्रुप अफ कम्पनीजकी कार्यकारी निर्देशक मौसुमी श्रेष्ठ तथा प्रविधि उद्यमी बालकृष्ण जोशी सहभागी थिए ।

न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्डस् अन्तर्गत लाइफटाइम एचिभमेन्ट इन बिजनेस लिडरसीप अवार्डबाट उद्योगी बाबुलाल चाचान सम्मानित भए । उद्योगमन्त्री भण्डारीले उनीहरुलाई सम्मान गरेका थिए । त्यसैगरी, बेष्ट म्यानेज्ड कम्पनी अफ द इयरबाट नेपाल फर्मास्युटिकल्स ल्याब, बेष्ट म्यानेज्ड आइटी कम्पनी अफ द इयरबाट इ सेवा, स्पेशल रिकग्निसन फर पब्लिक इन्टरप्राइजबाट साल्टट्रेडिङ कर्पोरेसन, बेष्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयरबाट एभरेष्ट बैंकले सम्मान पाए । बेष्ट बैंक इन डिजिटल फाइनान्सियल सर्भिसेज ग्लोबल आइएमई बैंक, बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयरबाट मुुक्तिनाथ विकास बैंकले सम्मान पाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट