२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

सामाजिक सुरक्षा कोष : आवद्ध हुनेको सङ्ख्या बढ्दै, दाबी भुक्तानी १५ अर्ब ३८ करोड नाघ्यो

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ । हालसम्म २३ लाख ३८ हजार ९१८ जना आवद्ध भएको कोषले जनाएको छ ।

जसमा सबैभन्दा बढी वैदेशिक रोजगारबाट १७ लाख ३९ हजार ३९ जना आवद्ध भएका छन् भने औपचारिक क्षेत्रबाट ५ लाख ९८ हजार ८६२ जना, अनौपचारिक क्षेत्रबाट ६१६ जना र स्वरोजगार क्षेत्रबाट ४०१ जना आवद्ध भएका छन् ।

यस्तै प्रदेशगत आधारमा कोशी प्रदेशबाट रोजगारदाता मार्फत २ हजार २३२ जना र योगदानकर्ता मार्फत ६३ हजार ७४७ जना आवद्ध भएका छन् ।

मधेश प्रदेशबाट १ हजार ११७ रोजगारदाता मार्फत र २९ हजार ५७३ जना योगदानकर्ता मार्फत, बागमती प्रदेशबाट रोजगारदाता १४ हजार ११२ र ४ लाख ५३ हजार ३७९ जना योगदानकर्ता आवद्ध हुँदा गण्डकी प्रदेशबाट १ हजार ६७ रोजगारदाता २५ हजार ३३६ जना योगदानकर्ता आवद्ध भएका छन् ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट १ हजार ७२२ रोजगारदाता मार्फत २१ हजार ४३८ जना योगदानकर्ता, कर्णाली प्रदेशबाट २८० जना रोजगारदाता र २ हजार ३४४ जना योगदानकर्ता आवद्ध हुँदा सुदूरपश्चिम प्रदेशबाट ३०७ जना रोजगारदाता र ३ हजार ४५ जना योगदानकर्ता कोषमा आवद्ध छन् ।

दाबी भुक्तानी कति ?

कोषले यही असार १५ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा १५ अर्ब ३८ करोड रुपैयाँ भुक्तानी गरिसकेको तथ्यांक छ ।

कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १ लाख ७ हजार १७६ योगदानकर्तालाई २ अर्ब ५ करोड २७ लाख ७० हजार ३४९ योगदानकर्तालाई दुर्घटना र अशक्तता सुरक्षा योजना बापत १९ करोड ९२ लाख १८ हजार ८७५ रुपैयाँ दाबी भुक्तानी दिएको हो ।

आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत २७ हजार ४५९ जना योगदानकर्ताका परिवारलाई २५ करोड १५ लाख ५४ हजार १६६ र वृद्ध अवस्था सुरक्षा योजनाबापत १ लाख १९ हजार ३४६ योगदानकर्तालाई १२ अर्ब ८८ करोड ४५ लाख ५९ हजार ७६० रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट