ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका वडा नम्बर तीनमा गए राति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् ।
स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनकी श्रीमती ठगमाया, छोरा जगत र छोरी सम्झना घाइते भएको स्थानीय मौसम सेलिङले जानकारी दिएका छन् ।
घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो । कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस