२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

दुई खर्ब ३२ अर्ब परिपक्व नहुँदै आज पुनः ६० अर्ब उठाउँदै राष्ट्र बैंक

बुधवार , आषाढ १८, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ६० अर्ब रुपैयाँ उठाउन लागेको छ । राष्ट्र बैंकले बोलकबोलमार्फत ६० अर्ब रुपैयाँ निक्षेप ६३ दिनका लागि उठाउन लागेको हो।

राष्ट्र बैंकले आजै दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम घटिमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । सावाँ तथा ब्याज भुक्तानी आगामी भदौ १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ ।

राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको २ खर्ब ३२ अर्ब ३० करोड रुपैयाँ परिपक्व हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार