२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

शुक्रवार , आषाढ २०, २०८२

पर्सा । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन भएको टोलीले भन्सार छलेर ल्याइएका १८ लाख ५५ हजार ३५५ बराबरका कपडा बरामद गरेको छ ।

भन्सार छलेर ल्याइएका कपडा वीरगञ्ज महानगर–१ स्थित छपकैया र नदिया टोलका गोदामबाट बिहीबार बरामद गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बताए । बरामद सामग्री बिहीबार नै वीरगंज भन्सार कार्यालयलाई हस्तान्तरण गरिएको छ ।

सशस्त्र प्रहरीको टोलीले चालु आर्थिक वर्षको असार १० गतेसम्म ३८ करोड २७ लाख ७९ हजार आठ सय ९० बराबरका सामान बरामद गरेको उनले जानकारी दिए ।

“भन्सार छलेर ल्याइएका २७ करोड ५६ लाख ५६ हजार ४८७ बराबरका सामान भन्सार वीरगंज कार्यालयमा दाखिला गरेका छौँ”, सूचना अधिकारी सिंहले भने, “सोही अवधिमा बिलबिजक नभएका १० करोड ७१ लाख २३ हजार ४०३ मूल्य बराबरका सामग्री राजस्व अनुसन्धान कार्यालयलाई बुझाइएको छ ।”

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट