२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

चल्ला बेचेर मनग्य आम्दानी गर्दै कमला

शुक्रवार , आषाढ २०, २०८२

कैलाली । बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ भन्ने दृष्टान्त गाउँलेमाझ प्रस्तुत गरेकी छन् ।

दशवर्षअघि किसान बहुउद्देश्यीय सहकारी संस्थाबाट २० हजार ऋण लिएर व्यावसायिक रुपमा ब्रोइलर कुखुरापालन सुरु गरेकी हुन् । पटक–पटक गरी २० हजारदेखि दुई लाखसम्म ऋण लिएर उनले व्यवसाय विस्तार गरेकी थिइन् ।

हाल वर्षमा छ पटक चल्ला बेचेर हरेक पटक ५० हजारदेखि ६० हजारसम्म मुनाफा आर्जन गर्दै आएको उनले बताइन् । सबै खर्च कटाएर वार्षिक तीन लाख बचत हुने गरेको उनले जानकारी दिइन् ।

उनले लगनका साथ काम गरेमा सफलता हासिल हुने बताइन् । विदेश जान चाहने युवालाई स्वदेशमा नै श्रम गर्न उनी सुझाउछिन् । सहकारीको सहयोगको पनि उनले सराहना गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट