विराटनगर । प्रिमियर वायर्स प्रालिले भव्य समारोहबीच आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक पवनकुमार सारडा, सारडा समूहका अध्यक्ष शिव रत्न सारडा, प्रमुख अतिथि पूर्वमन्त्री अमनलाल मोदी र विशिष्ट अतिथि पूर्व राष्ट्रिय क्रिकेट कप्तान तथा हाल क्यानका सचिव पारस खड्का, नेपाल उद्योग परिसंघका राष्ट्रिय उपाध्यक्ष भिम घिमिरे, नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेसम देवकोटालगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।

सो, अवसरमा कम्पनीले नेपाली खेलकुदमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल क्रिकेट सङ्घका सचिव पारस खड्कालाई आधिकारिक ब्रान्ड एम्बासडर घोषणा गरेको छ । खड्काले आफूलाई दिइएको भूमिकाले नेपाली उत्पादनप्रतिको भरोसा थप बलियो पार्ने प्रतिबद्धता जनाएका छन् ।

समारोहमा कम्पनीका निर्देशक सौरभ सारडाले २५ वर्षअघि प्रारम्भमा भोगेका आर्थिक, प्राविधिक र बजारका चुनौतीहरू स्मरण गर्दै अगुवाहरूको जोखिमपूर्ण निर्णयले आजको उचाइ सम्भव भएको बताए । “डिलर, कर्मचारी र उपभोक्ताबीच पानी–माछाको सम्बन्ध कायम राख्दै अघि बढ्नेछौँ,” उनले भने ।

सो अवसरमा नेपालभरिका डिलरहरूसँग डिलर मिटका साथै प्रिमियर पार्टनर समिट २०२५ कार्यक्रम समेत गरिएको छ । स्थापना दिवसले प्रिमियर वायर्सलाई उद्योग–विस्तार, खेलकुद प्रवर्द्धन र साझेदारमैत्री अभियान सुदृढ गर्ने नयाँ मोड दिएको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस