२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

ऊर्जा आत्मनिर्भरता र हरित उत्पादनतर्फ ओम मेगाश्रीको अग्रसरता

मंगलवार , आषाढ २४, २०८२

चितवन । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले ऊर्जा आत्मनिर्भरता र वातावरणमैत्री औद्योगिक उत्पादनतर्फ महत्त्वपूर्ण पाइला चालेको छ ।

‘स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प’ भन्ने मूल मन्त्रका साथ अघि बढेको यस संस्थाले भरतपुर महानगरपालिका–२९, जुगेडीस्थित आफ्नो उद्योग परिसरमा ३५०के.भी.ए. क्षमताको सौर्य ऊर्जा प्रणाली जडान गरी नेपाली औषधी उद्योगमै एक उदाहरणीय कार्य गरेको हो ।

नेपालको स्वास्थ्य तथा फार्मास्युटिकल्स इतिहासमा एउटा विशिष्ट र भरोसायोग्य नाम बनाइसकेको यो संस्था नेपाल सरकारको धितोपत्र बोर्डबाट प्राथमिक सेयर निष्कासन (IPO) को अनुमति पाई शेयर बजारमा सफलतापूर्वक कारोबार गरिरहेको औषधी कम्पनीको रूपमा रहेको छ ।

ओम मेगाश्रीले यो नवीनतम कदममार्फत औद्योगिक उत्पादनमा हरित प्रविधिको प्रयोग गर्दै सामाजिक उत्तरदायित्व, वातावरणीय संरक्षण र लगानीकर्ताको मुनाफा सुरक्षातर्फ सन्तुलित दृष्टिकोण प्रस्तुत गरेको छ ।

यस सौर्य प्रणालीको प्रयोगबाट उद्योगले विद्युत् खपतको पिक आवरमा वैकल्पिक ऊर्जा प्रयोग गर्न पाउने व्यवस्थालाई सहज बनाउनुका साथै उद्योगको सञ्चालन खर्च एवम् उत्पादन लागत घटाई सोको प्रत्यक्ष लाभ लगानीकर्तालाई मुनाफा प्रवाहमार्फत प्राप्त हुने अपेक्षा गरेको छ ।

साथै, नेपाल विद्युत् प्राधिकरणसँगको समझदारीका आधारमा सौर्य प्रणालीबाट उत्पादित अतिरिक्त विद्युत् बिक्री गरी आम्दानीको थप स्रोत सिर्जना गर्ने सम्भावनालाई समेत कम्पनीले अगाडि बढाएको छ ।

सौर्य ऊर्जाको प्रयोगले हरित गृह प्रभाव न्यूनीकरणमा योगदान पुर्‍याउनुका साथै कम्पनीलाई वातावरणमैत्री तथा दीगो उद्योगका रूपमा उभ्याएको छ । कार्बन उत्सर्जन न्यून गर्दै स्वच्छ ऊर्जा प्रवाहमा योगदान दिने कम्पनीको यो कदमले जलवायु सङ्कट विरुद्धको लडाइँमा निजी क्षेत्रको जिम्मेवारीलाई प्रस्ट रूपमा उजागर गरेको छ ।

वातावरण, अर्थतन्त्र र सामाजिक उत्तरदायित्वबीच सन्तुलन कायम गर्दै अघि बढिरहेको ओम मेगाश्री फर्मास्युटिकल्सले नेपाल सरकारबाट जारी ऊर्जासम्बन्धी नीतिगत व्यवस्थालाई समेत पालना गर्दै 'हरित उत्पादन, उच्च मुनाफा' भन्ने अवधारणालाई व्यावहारिक रूपमा अगाडि बढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ