२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चेल्सी फिफा क्लब विश्वकपको फाइनलमा, उपाधिका लागि रियल मड्रिड र पीएसजीबीचको विजेतासँग खेल्ने

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । यसै सिजन चेल्सीमा अनुबन्ध भएका ब्राजिलियन खेलाडी जोओ पेड्रोले २ गोल गर्दा चेल्सीले फ्लुमिनेसलाई २–० गोलअन्तरले हराउँदै फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

गएराति मेटलाइफ स्टेडियममा भएको खेलमा पेड्रोले खेलको १८औं र ५६औं मिनेटमा गोल गरेका थिए । फ्लुमिनेन्सले पनि केही राम्रा अवसरहरू पाएको थियो तर गोल भने गर्न सकेन ।

यसै सिजन ब्राइटनबाट चेल्सीमा आएका पेड्रोले आफ्नै देशको क्लब रहेको फ्लुमिनेन्सबाट पनि खेलेका थिए । त्यसकारण गोलको उत्सव भने मनाएनन् । चेल्सीका लागि यो उनको दोस्रो खेल थियो ।

चेल्सीले अब उपाधिका लागि रियल मड्रिड र पीएसजीबीचको विजेतासँग खेल्नेछ । रियल र पीएसजीबीचको खेल आज राति हुनेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट