काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र खसेको ड्रोन कलेजका विद्यार्थीले परीक्षणका लागि उडाएको खुलेको छ ।
काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वरमा सञ्चालित टेकस्पायर कलेजका विद्यार्थीहरूले बनाएको ड्रोन परीक्षणको क्रममा सो दुर्घटना भएको खुलेको हो ।
प्रहरी अनुसन्धान अनुसार ब्याचलर अफ साइन्स इन आईटीका विद्यार्थीले ड्रोन निर्माण गरेर थ्रस्ट टेस्ट गर्ने क्रममा जीपीएस सिग्नल विच्छेद भएपछि नियन्त्रणबाहिर गएको हो ।
उक्त घटनापछि नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले संसद् भवन परिसरमा ड्रोन खसेको विषय प्रतिनिधिसभा बैठकमा उठाएका थिए । त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
संसद भवनमा असार २४ मा बिहान ड्रोन भेटिएको थियो ।
प्रतिक्रिया दिनुहोस