२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालको शानदार जित, भुटान ६–१ गोल अन्तरले पराजित

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले सुखद् सुरूवात गरेको छ । शुक्रबार ढाकास्थित बसुन्धरा किंग्स एरेनामा सम्पन्न खेलमा नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले हराउँदै प्रतियोगितामा शानदार सुरुवात गरेको हो ।

नेपालको जितमा पूर्णिमा राईले चार गोल गर्दा सेनु परियारले दुई गोल गरिन्। पहिलो हाफमै ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्‍यो। भुटानले एक मात्र सान्त्वना गोल दोस्रो हाफमा फर्कायो।

खेलको नवौं मिनेटमै सेनुले वर्षा ओलीको पासमा आकर्षक गोल गर्दै नेपालको खाता खोलेकी थिइन्। त्यसपछि १८औं मिनेटमा वर्षाको अर्को पासमा पूर्णिमाले सिक्स यार्ड बक्सबाट गोल गर्दै अग्रता दोब्बर पारिन्। हाफको अन्त्यतिर सेनुले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल पहिलो हाफमा ३–० ले अगाडि रह्यो।

दोस्रो हाफको सुरुवातमै, ५३औं मिनेटमा केल्देन वाङ्मोले भुटानका लागि गोल फर्काए पनि त्यसको केही मिनेटमै पूर्णिमाले दोस्रो गोल गर्दै स्कोर ४–१ बनाइन्। ८३औं मिनेटमा ह्याट्रिक पूरा गरेकी पूर्णिमाले ८८औं मिनेटमा व्यक्तिगत चौथो गोलसमेत गर्दै नेपालको जित पक्का गरिन्।

जितसँगै नेपालले च्याम्पियनसिपमा ३ अंक जोडेको छ। आजकै अर्को खेलमा घरेलु टोली बंगलादेशले श्रीलंकामाथि ९–१ को विशाल जित निकाल्दै तालिकामा शीर्ष स्थान बनाएको छ। नेपाल र बंगलादेश दुवैले ३ अंक भए पनि गोल अन्तरका आधारमा बंगलादेश अगाडि छ।

नेपालले अब आइतबार बंगलादेशसँग खेल्नेछ। प्रतियोगितामा चार टोली सहभागी छन् र डबल राउण्ड रोबिनको आधारमा खेल हुनेछ। सबै टोली एक अर्कासँग दुई पटक भिड्नेछन्। अन्त्यमा सर्वाधिक अंक जोड्ने टोलीलाई च्याम्पियन घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट