२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई गाउँपालिकाको नगद अनुदान

शनिवार , आषाढ २८, २०८२

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद अनुदान वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१र८२ मा सञ्चालन गरिएको ‘मासुजन्य उत्पादन अनुदान कार्यक्रम’ अन्तर्गत पालिकाभित्रका ६१ जना किसानलाई ६ लाख ३०५ बराबरको अनुदान रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

“पालिकालाई मासुमा आत्मानिर्भर बनाउन र मासु तथा मासुजन्य उत्पादनका लागि किसानलाई हौसला प्रदान गर्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो”, उनले भने, “कार्यक्रममार्फत सानासाना पशुपालक किसानले पनि लाभको अवसर प्राप्त गरेका छन् ।”

कार्यक्रमले मासुजन्य उत्पादन वृद्धि मात्र नभई विस्तारै स्थानीय रोजगारी सिर्जनामा समेत टेवा पुग्ने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । मासुजन्य उत्पादनका आधारमा अनुदान प्राप्त गर्ने किसानले ९०० देखि ५० हजारसम्म नगद अनुदान प्राप्त गरेको गाउँपालिका पशुसेवा शाखाका प्रमुख हर्क कार्कीले जानकारी दिए ।

“अनुदानका लागि किसानको गोठमै पुगेर स्थलगत निरीक्षण तथा नापतौल गरेर अनुदान वितरण गरिएको छ”, उनले भने, “अनुदान कार्यक्रमले किसानमा व्यावसायिक पशुपालनतर्फको आकर्षण बढ्न थालेको छ ।”

गाउँपालिकाले खसीको मासुमा प्रतिकेजी ३०, राँगाको मासुमा १५, बङ्गुरको मासुमा ४० र बोइलर कुखुराको (३५–४५ दिनका) प्रतिगोटा ७० का दरले नगद अनुदान दिने व्यवस्था गरेको छ । अनुदान प्राप्त गर्ने किसानलाई बैंक खातामार्फत भुक्तानी दिने गरिएको प्रमुख कार्कीले बताए ।

गाउँपालिकाले वडा नम्बर १ का नौ जना, वडा नम्बर २ का २२ जना, वडा नम्बर ३ का एक जना, वडा नम्बर ४ का तीन जना, वडा नम्बर ५ का दुई जना, वडा नम्बर ६ का तीन जना र वडा नम्बर ७ का २१ जना किसान लाभान्वित भएका छन् । मासुजन्य उत्पादनमा अनुदान पाएपछि किसान खुसी भएका छन् ।

“पहिलोपटक आफ्नो मेहनतको मूल्य पाइएको छ”, स्थानीय किसान हीरामाया गुरुङले भने, “नगद अनुदान कार्यक्रमले हामीजस्ता साना किसानलाई ठूलो हिम्मत दिएको छ ।” गाउँपालिकाले आगामी आर्थिक वर्षका लागिसमेत मासुजन्य उत्पादन अनुदानका लागि बजेट विनियोजन गरेको उनले बताए । किसानलाई पशुपालनमा आत्मनिर्भरता र व्यावसायिकता अभिवृद्धि गर्ने योजना बनाएको जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट