२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालमा अथाह सम्भावना छ, इमान्दारीताका साथ काम गरे उद्यमी–व्यवसायी डुब्दैन : सिइओ ज्ञवाली

शनिवार , आषाढ २८, २०८२

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले इमान्दारीताका साथ काम गरे उद्यमी–व्यवसायी कोही पनि नडुब्ने बताएका छन् । आज शनिबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘राष्ट्रिय युवा महोत्सव’ कार्यक्रममा बोल्दै उनले नेपालमा अथाह सम्भावना रहेको बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘साँच्चिकै इमान्दारीतापूर्वक नेपालमा काम गर्ने हो भने उद्यमी, व्यवसायी कोही पनि डुब्दैन, फाईनान्सियन म्यानेजमेन्ट र फाईनान्सियन क्यासपोर्ट म्यानेजमेन्ट राम्रो हुनुपर्छ । यति गर्न जान्ने हो भने नेपालमा अथाह सम्भावना छ ।’

उनले आफूले नेपालमा धेरै सम्भावना देखेको बताउँदै सम्भावना खोज्न र त्यसमा केन्द्रीत हुन पनि सुझाव दिए । साथै उनले युवाहरुलाई सकरात्मक जोस र जाँगर लिएर अगाडी बढ्न पनि आग्रह गरे ।

त्यस्तै सिइओ ज्ञवालीले विदेश जानेहरुलाई नेपालमा केही छैन भन्ने सोचले नभई यहाँ भन्दा विदेशमा राम्रो गर्छु भनेर जान आग्रह गरे ।

नबिल बैंक राष्ट्रको पहिलो निजी बैँकको रुपमा स्थापित बैंक हो । बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओको रुपमा कार्यरत ज्ञवालीलाई बैंकको ६८२औँ सञ्चालक समिति बैठकले २०८२ साल जेठ २२ गतेबाट चार वर्षे कार्यकालका लागि औपचारिक रूपमा नियुक्त गरेको हो ।

यसअघि नबिल बैंकका कायममुकायम सिइओको भूमिका निर्वाह गर्दै आएका ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा परिचित छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका छन् ।

ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार