२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ जना सम्मानित

शनिवार , आषाढ २८, २०८२

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डले राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश प्रतियोगिता र राष्ट्रिय स्तरका प्रतियोगितामा कोशी प्रदेशलाई प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी, खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्व सहित १०१ जनालाई सम्मान गरेको छ।

शनिबार बोर्डले विराटनगरमा सम्मान र प्रोत्साहन गर्दै पदक विजेता खेलाडी, खेल क्षेत्रमा विशिष्ट योगदान गर्ने व्यक्तित्व, खेल पत्रकार सहित १०१ जनालाई सम्मान गरेको हो।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम)ले बोर्डले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा रजत पदक प्राप्त गर्ने खेलाडीलाई जनही ९ हजार नगद सहित सम्मानपत्र र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई जनही ६ हजार र कास्य पदक प्राप्त गर्ने टोलीका सदस्यलाई जनही ५ हजार सहित सम्मान गरेको जानकारी दिए ।

बस्नेतले अन्तरप्रदेश भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही १२ हजार सहित सम्मान पत्र, रजत पदक प्राप्त गर्ने खेलाडीलाई जनही ९ हजार सहित सम्मान पत्र र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई जनही ५ हजार सहित सम्मान पत्र प्रदान गरेको बताए ।

No description available.

त्यस्तै, अन्तरप्रदेश राष्ट्रिय कुस्ती प्रतियोगिताको कास्य पदक विजेता खेलाडीलाई जनही ५ हजार सहित सम्मान पत्र, मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा रजत पदक प्राप्त गर्ने टोलीका सदस्यलाई जनही ६ हजार सहित सम्मान पत्र र प्रथम गण्डकी कप महिला राष्ट्रिय ह्यान्डबल प्रतियोगितामा कास्य पदक प्राप्त टोलीका सदस्यलाई जनही ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको बस्नेतले जानकारी दिए ।

सम्मान कार्यक्रममा पदक प्राप्त गर्ने सबै खेलका प्रशिक्षक र व्यवस्थापकलाई जनही ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको थियो।

१० विशिष्ट खेलकुद व्यक्तित्वलाई सम्मान

सम्मान कार्यक्रममा कोशी प्रदेशमा स्थायी बसोबास गरि विभिन्न खेल क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएका १० जना खेलकुद व्यक्तित्वलाई समेत सम्मान गरिएको थियो।

सम्मान पाउनेहरूमा फुटबलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी धिरेन्द्र प्रधान, हाल चोटिल अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी सिद्धान्त लोहनी, पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी राजकुमार प्रधान, अन्तर्राष्ट्रिय क्रिकेट प्रशिक्षक महेशप्रसाद रिजाल र पूर्व अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी लवभक्त श्रेष्ठ रहेका थिए ।

त्यस्तै, पूर्व अन्तर्राष्ट्रिय एथलेटिक्स खेलाडी जितेन्द्र चौधरी, अन्तर्राष्ट्रिय कराते प्रशिक्षक किरण लामा तामाङ्ग, कोशी प्रदेश भलिबल संघका महासचिव लेखनाथ शर्मा पराजुली र शारीरिक सुगठन खेलसम्बद्ध प्रशिक्षकद्वय राम दाहाल र नवीन विक्रम शाहलाई समेत सम्मान गरिएको सदस्य सचिव बस्नेतले जानकारी दिए । सम्मानित सबैलाई सम्मान पत्र सहित जनही १० हजार नगद प्रदान गरिएको थियो।

No description available.

सम्मान कार्यक्रममा खेलकुद पत्रकारिता सम्मानबाट मोरङका अभय राई, अनिल श्रेष्ठ, झापाका रमेश समदर्शी र रमा दाहाल, सुनसरीका घनेन्द्र पौडेल(विकल) र गुरु ढकाल सम्मानित भएका थिए भने बोर्डको गतिविधिको प्रचार-प्रसारमा योगदान पुर्याएकोमा मोरङका चिरञ्जीवि तिम्सिना(सुमन सुस्केरा)लाई सम्मान गरिएको थियो। सम्मानित पत्रकारहरूलाई सम्मान पत्रसहित नगद १० हजार उपलब्ध गराइएको थियो।

बोर्डले आयोजना गरेको प्रतियोगितामा आर्थिक लगायतको सहयोग गरेकोमा विराटनगरका उद्योगपतिद्वय महेश जाजु र प्रकाश मुन्दडालाई नगद ११ हजार सहित सम्मान गरेको थियो भने बोर्डको कार्य संचालनमा नीतिगत र प्रशासनिक सहयोग गरेको भन्दै सामाजिक विकास मन्त्रालयका अधिकृत आठौँ कोमल बहादुर खड्का, जिल्ला खेलकुद विकास समिति धनकुटा कार्यालयका प्रमुख नवीन प्रधान, बोर्डका सहायक कम्प्युटर अपरेटर त्रिविजीत कार्की, जिल्ला खेलकुद विकास समिति मोरङका कार्यालय सहयोगी सुनिलकुमार चौधरीलाई सम्मान पत्र र जनही नगद १० हजार सहित सम्मान गरेको थियो।

जाजुले सम्मान पत्र सहित प्राप्त गरेको नगद ११ हजार नेपाल पत्रकार महासंघ मोरङलाई र मुन्दडाले प्राप्त गरेको ११ हजार नगद चोटिल क्रिकेट खेलाडी सिद्धान्त लोहनीलाई हस्तान्तरण गरेका छन् ।

बोर्डका सदस्य सचिव बस्नेतले बोर्डले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न राष्ट्रिय स्तरको प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडीलाई सम्मान गरिएको बताए । उनले सम्मानले खेलाडीलाई प्रोत्साहन र खेल क्षेत्रमा सक्रिय रहन थप प्रेरणा प्रदान गर्ने विश्वास बोर्डले लिएको धारणा व्यक्त गरे ।

सम्मानित खेलाडी लगायतका व्यक्तित्वहरूलाई नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, बोर्डका अध्यक्ष तथा सामाजिक विकास मन्त्री पाँचकर्ण राई, बोर्डकी उपाध्यक्ष विन्दिया कार्की, सदस्य सचिव बस्नेतलगायतले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट