काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज साविक विजेता बंगलादेशसँग खेल्दै छ । खेल बसुन्धरा किङ्स एरेनामा नेपाली समयअनुसार साँझ पौने ७ बजेदेखि सुरु हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६–१ गोलअन्तरले हराएको थियो । त्यस्तै बंगलादेशले पनि श्रीलंकामाथि ९–१ को फराकिलो जित निकालेको थियो ।
नेपालले बंगलादेशलाई हराएर अघिल्लो संस्करणको फाइनल हारको समेत बदला लिँदै दाबेदारी बलियो बनाउने लक्ष्यमा हुनेछ ।
प्रतियोगितामा नेपाल र बंगलादेशले समान ३ अंक जोडेपनि गोल अन्तरमा बंगलादेश अघि छ । चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ ।
अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।
प्रतिक्रिया दिनुहोस